चट्याङ लागेर एक वृद्धको मृत्यु

काठमाडौं। मकवानपुरको राक्सिराङ गाउँपालिका–८ चट्याङ लागेर ६५ वर्षीय वृद्ध जीतबहादुर गोले को मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *