जंगली हात्तीको आक्रमणबाट मृत्यु

काठमाडौं । सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट शनिबार बिहान एकजनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका १३ स्थित माथिल्लो रानीबासमा जंगली हात्तीको आक्रमणबाट ४० वर्षीय दण्डपाणि पौडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। तर उपचारका क्रममा शनिबार बिहान साढे ७ बजे पौडेलको मृत्यु भएको डीएसपी दाहालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *