जनताका समस्या समयमै सम्बोधन होस्: अध्यक्ष नेपाल

रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता बारम्बार ठगीमा पर्ने गरेको बताएका छन् । रौतहटका विभिन्न नगरपालिकाहरुमा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरुको शिलान्यासका क्रममा रौतहट पुगेका नेपालले गौरमा आयोजित समारोहमा जनताको समस्या समयमै सम्बोधन हुनुपर्ने बताएका हुन् ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजनाहरु समयमै सकिने धारण राखेका थिए । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक विकास कार्यक्रम अनुसार विनियोजित सहरी पूर्वाधार निर्माण अन्तर्गत गौर नगरपालिका –२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानसम्मका योजनाहरु रहेका छन् ।

शिलान्यास समारोहमा संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्का, संघीय सांसद सरला यादव, मधेष प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरुको विशेष उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *