जसपा नेता यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । 

६३ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गर्नुभएका जसपा प्रदेश संसदीय दलका नेता यादवलाई बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 

यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंह गरी ६३ प्रदेशसभा सदस्यको समर्थन गरेका छन् । 

मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *