जसपाको पुनर्गठन अनिवार्य छ: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले प्रतिवेदनमा अबको बाटोबारे दुई विकल्प अघि सार्नुभएको छ । 

मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको भेलामा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको उल्लेख गर्नुभएको छ । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने उहाँको भनाइ थियो । तर दुबै अवस्थामा पार्टीको पुनर्गठन अनिवार्य तथा अपरिहार्य आवश्यकता बन्न पुगेको उहाँको ठम्याइ थियो । 

पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने भन्दै उहाँले दुई विकल्प अघि सार्नुभएको छ । नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने कि विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने भन्ने विकल्प भट्टराईले अघि सार्नुभएको छ ।

उहाँले बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने जानकारी दिनुभयो । सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिया पूरा हुने उहाँको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *