जसपाले फेर्यो पार्टीको झण्डा र लोगो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो झण्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागि प्रतिनिधिहरुको झण्डा फेर्नुपर्ने माग गरेका थिए ।

सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । विधान अधिवेशनमा १० वटा समुह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समुहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए ।

यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ । त्यस्तै, यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *