टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु

एजेन्सी । टर्कीमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सोही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् ।

विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिंदै दोषीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । विस्फोटका कारण केही सवारीसाधन समेत ध्वस्त भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *