काठमाडौं। पाल्पा निस्दी गाउँपालिका-७ पिपेन्डिस्थित सर्वोत्तम चुनढुंगा खानी नजिकै भित्री कच्ची सडकमा सोमबार बिहान साढे ५ बजे टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो।
हावा भर्न रोकेको ग २ ख ०७६९ नम्बरको टिपर अचानक गुडेर पार्किङमा रहेको ग २ ख ०७७१ नम्बरको टिपरसँग ठोक्किएको थियो। ठोक्किँदा सुर्खेत चिनगाड गाउँपालिका(६ बस्ने जितबहादुर चलाउने दुई टिपरबीच च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।