डेंगी संक्रमित एक महिलाको मृत्यु

काठमाडौं । कैलालीमा डेंगी संक्रमित एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो।

केही समयदेखि निसर्ग अस्पतालमा उपचार गराइरहेका उनको मंगलवार मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उनको मंगलबार बिहान मृत्यु भए पनि बुधबार मात्रै डेंगीका कारण मृत्यु भएको खुलेको थियो।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा डेंगीको प्रकोप फैलिएको छ। डेंगी संक्रमणबाट बच्नका लागि सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रहसमेत गरेका छन्। डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *