तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको छ ।

मुग्लिन पोखरा सडक योजनाले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरेको हो । चालू आर्थिक वर्षभित्रै ७ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने योजनाले जनाएको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा कामम समस्या आए पनि विद्युत् पोल हटाउँदै कामलाई अगाडि बढाइएको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्मको सडकखण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको र निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *