तनहुँको नगरपालिका–५ बेलचौतारामा एक युवा मृतवस्थामा फेला

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा एक युवा मृतवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

शुक्रबारदेखि हराइरहेका उहाँको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *