तोलामा ३०० रुपैयाँले घट्यो सुन

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *