दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताउनु भयो । उहाँले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताउनु भयो । उहाँले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले दलित समुदायमाथि विभेद गर्नु नहुने भनि संविधान र कानूनमा लेखिएको भएपनि व्यवहारमा साकार हुन नसकेको बताउनु भयो । त्यस्तै सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको नाममा महिलाहरुलाई अपमानपूर्ण व्यवहार भइरहेको भन्दै उहाँले महिलाहरुलाई पनि हिंसा बाट मुक्त गराउनुपर्ने बताउनु भयो । उहाँले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *