दुई नगरपालिकामा जेठ ३ गते मतदान हुने

काठमाडौं। आज देशभर स्थानीय तहको निर्वाचन भइरहेको भए पनि दुई वटा स्थानीय तहमा भने जेठ ३ गते मतदान हुने भएको छ । कपिलवस्तुको महराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा जेठ ३ गते मतदान हुने भएको हो ।

महराजगञ्जमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार शोभावती कुर्मीको निधन भएका कारण आज मतदान भएन । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उम्मेदवारी मनोनयनको काम बिहीवार सकिएको र मतदान जेठ ३ गते हुने बताउनु भयो । त्यसै गरी दाङको तुलसीपुर उपमहानगरपालिकामा १७ नम्बरमा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएका कारण त्यहाँ पनि जेठ ३ गते नै निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *