काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मार्ने धम्की दिने पक्राउ परेका छन् । प्रसाईंलाई धम्क्याएको आरोपमा रमेश गुरुङ पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रसाईँले आफूसँग २० करोड मागेर गुरुङले विभिन्न पटक धम्क्याएको आरोप लगाएका छन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।