काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण लाइसेन्स वितरणको प्रक्रिया रोकिएको हो ।
नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको बोर्डले जनाएकाे छ ।
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।