नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीमा सिफारिस

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री हुनुहुने भएको छ ।

माओवादी केन्द्रको सोमबार बिहान पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रवक्ता महराले भन्नुभयो, “आज पदाधिकारी बैठक बस्यौँ । आजै माओको जन्मदिन आजै नवनियुक्त प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ ग्रहण हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *