नेकपा एसको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन

काठमाडौं। नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन हुनुभएको छ। सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले चयन गरेको हो ।

यस्तै उपनेतामा राजेन्द्र पाण्डे र संसदीय दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चुनिनु भएको छ । यस क्रममा उक्त पार्टीका नवनिर्वाचित सांसदहरूले एकआपसमा बधाइ साटासाट गर्नुभएको थियो। तीनकुनेस्थित पार्टी कार्यालयमा अध्यक्ष नेपाल, झलनाथ खनाल लगायत नेताहरूले निर्वाचित सांसदहरूलाई माला लगाइदिनु भएको थियो।

यसैबीच सोमबारको बैठकले संसदीय दलको विधानमा संशोधन गर्नुपर्ने भएमा सुझाव दिन सांसदहरूलाई आग्रह गरेको कार्यालय सचिव गंगालाल तुलाधरले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *