नेकपा एसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार दिउँसो २ बजेका लागि आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ ।

सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *