नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने भएका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईले मंगलवार दिउँसो निर्वाचन आयोग पुगेर संयुक्त दल दर्ता गर्न लाग्नुभएको हो । दुवै दलले संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

आयोगले २ वा २ भन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *