काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभरबाट १ हजार ३३२ नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हाे ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९१ र एन्टिजेनबाट ७४१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १७ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा थप ९६ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ९२५ रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।