काठमाडौं । थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट २ हजार ५३५ नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हाे ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९४१ र एन्टीजेनबाट १ हजार ५९४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३० र एन्टीजेनबाट ३३ जनामा संक्रमण पुष्टि आएको हो।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा थप १०३ जना निकाे भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार चारमा झरेकाे छ ।