पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।

प्रहरीका अनुसार पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।

भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *