प्रतितोला १०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको हो ।

यसअघि प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छापावाल सुनलाई आज ९३ हजार १०० रुपैयाँ पर्नेछ । यसैगरी यसअघि प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार ६०० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

चाँदी भने प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला एक हजार २१५ रुपैयाँ रहेको चाँदीलाई आज एक हजार २२५ रुपैयाँ पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *