काठमाडौं। प्रतिनिधिसभा बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।