काठमाडौं। त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुधवार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्नुभएको छ । उहाँहरूले नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि मङ्गलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । अध्यक्ष नेपाललाई नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का र एमालेका पूर्व नेता घनश्याम भूसालले पनि भेट गर्नुभएको छ ।