काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै राहतका लागि निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभएको छ, ‘भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न आफ्नो सामाजिक सञ्जाल मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’