काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउन पर्ने बताउनु भएको छ । प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भयो।
आइतबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले उक्त कुरा बताउनु भएको हो ।
तालिममा सिकेका सीपमार्फत प्रहरीहरु अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गर्दै उहाँले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्देशन दिनुभयो ।