फेरि बढ्न थाल्यो कोरोना

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ । विगतमा शून्यमा झरेको  कोरोना भाइरस संक्रमण केही सातादेखि बढ्न थालेको हो ।  बिहीबार  एकैदिन १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा गरिएको थियो । त्यस मध्ये १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते ९ सय ९ र चैत ८ गते १ हजार ३ सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । 

सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । बिहीबार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताउनुभयो ।

“भारतमा सङ्क्रमण बढिरहेको छ । भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्”, उहाँले भन्नुभयो, “हिजोमात्र सीमानाकाबाट ७ सङ्क्रमित नेपाल आएका छन् ।” उहाँले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गर्नुभयो ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *