काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।