काठमाडौं । धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। गोरखाबाट काठमाडौं आउँदै गरेको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो । आज विहान विद्यालय जाँदै गरेका ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जेब्रााक्रसमै बाटो काट्ने क्रममा विद्यार्थीलाई बसले ठक्कर दिएको स्थानीयले बताएका छन् । आक्रोसित विद्यार्थीहरुले ठक्कर दिने गाडीमा तोडफोड समेत गरेका छन् । उनीहरु मृतकको शव बाटोमै राखेर पृथ्वीराजमार्गको गजुरी खण्डमा यातयातका साधन रोकेर प्रदर्शनमा उत्रिएका छन् ।उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।