बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन

काठमाडौं । गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुले समयभित्रै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो।

गठबन्धनको निर्णय कार्यान्वयन गराउन सम्बन्धित निकायलाई समेत निर्देशन दिइएको छ। गठबन्धनकाे बैठकले गरेकाे निर्णयमा ‘तदनुरुप सम्बन्धित पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा असोज २६ गते दिउसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने व्यवहोरा अवगत गराइन्छ’ भनिएको छ।

निर्णयमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनमोर्चाबाट चित्रबहादुर केसीले निर्णयमा हस्ताक्षर गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *