काठमाडौं । गएको निर्वाचनमा पराजित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो उपनिर्वाचनमा पनि उठ्नु हुने भएको छ । मंसिर ४ मा सर्लाही २ मा पराजित महत्तो प्रतिनिधिसभा सदस्यको लागि बारा २ मा उपनिर्वाचन लड्न लाग्नु भएको हो ।
लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाका एक नेताले जानकारी दिनुभएको छ । धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्नु भएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गर्नुभएको थियो
बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ । जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ ।
यादव गत चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो । राउतले उम्मेदवार बनाउन भन्दै शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसक्नु भएको छ ।
मंसिरको निर्वाचनमा रामसहायले १३ हजार ८ सय २२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवारका कुशवाह ३ सय ५४ मतान्तरले पराजित हुनुभएको थियो ।