भारतद्वारा नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण

काठमाडौं । पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ । भारतीय सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई ४ वटा घोडा सहयोग स्वरूप प्रदान गर्नुभएको छ ।

दसवटा बख्तरबन्द गाडी (माइन प्रोटेक्टिभ भेहिकल) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो। प्राप्त सामग्रीहरू मध्ये ६० प्रतिशत अनुदान र ४० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्नुपर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *