भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ।  मायादेवी गाउँपालिका ४ मा पर्ने सिमावर्ती चाकरचौडामा भारत सिद्धार्थनगर जिल्ला अलिगढवाका ३५ वर्षीय इरशाद खानमाथि गएराति गोली प्रहार भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले पुष्टि गर्नुभएको छ । 

कम्मर र काँधमा गरी दुई गोली लागेका उनको भारतको गोरखपुरमा उपचार भइरहेको बस्नेतले जानकारी दिनुभयो ।  

बस्नेतका अनुसार सीमावर्ती क्षेत्रमा भएकाले भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरि घटनाको अनुसन्धान भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *