भोलि सावर्जनिक बिदा

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा संघीय सरकारले एक दिन देशभर सार्वजनिक बिदा दिएको छ। जोशीको निधनमा सरकारले कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। शताब्दी पुरुष जोशीको हिजो (आइतवार) १०३ वर्षको उमेरमा निधन भएको थियो।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार उक्त दिन नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा विदेशस्थिति कुटनीतिक नियोगहरुमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *