काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द क्लबले जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार दिउँसो भएको खेलमा सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।
मच्छिन्द«को जितमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । सातदोबाटोका लागि जोर्डन मगरले एक गोल फर्काए । १६औं मिनटमा ओलावालेले गोल गर्दै मच्छिन्द«को खाता खालेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै ओलावालेले मच्छिन्द«को अग्रता दोब्बर बनाएका थिए । खेलको ५६औं मिनटमा ओलावालेले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गर्दा मच्छिन्द«ले सातदोबाटोमाथिको अग्रता तेब्बर बनाएको हो ।
यसपछि ८४औं मिनटमा जोर्डनले सातदोबाटोका लागि एउटा सान्त्वना गोल फर्काए ।