मतगणना दुई साता लम्बिने अनुमान

काठमाडौ । मतगणना कम्तीमा दुई साता लम्बिने भएको छ ।  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गते बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको हो । 

काठमाडौँ महानगरपालिकामा अहिलेकै गतिमा मतगणना जारी रहे अझै पूर्ण रूपमा मत परिणाम आउन एक महिना नै लाग्ने अवस्था छ । काठमाडौँ महानगरपालिकाको ३२ वडामा कुल मतदाता ३ लाख २ सय ४२ रहेकोमा ६३ प्रतिशत मत खसेको छ। हाल काठमाडौँका ६ वटा वडाको मतगणना भइरहेकोमा एउटा वडाको मात्र सम्पन्न भएको छ।

२०७४ को मतगणनामा काठमाडौँ महानगरपालिकालाई मतगणना पूरा गर्न १४ दिन लागेको थियो। तर, यसपालिको मतगणना जनशक्तिको अभाव देखाउँदै देशैभरि सुस्त गतिमा चलेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *