महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । 

विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिनुभयो । उनीहरुमाथि अध्यागमन विभागमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *