मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी र पहिरोको जोखिम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

भारी वर्षापछि मेलम्ची नदीमा बाढी आएको छ । नकुटे बाढीमापन केन्द्रमा मेलम्ची नदीको जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ । 

महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने बताएको छ । शनिवार विहान १० बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *