यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ देखि सुरु हुँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म हुने भएको छ ।

सात प्रदेशको टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ७ गते बागमति र गण्डकी भिड्नेछन् । खेल टीयू मैदानमा हुनेछ ।

उद्घाटन र फाइनल बाहेक अन्य दिन त्रिवि र मूलपानी दुवै मैदानमा खेल खेलाइनेछ । लिग पछि शीर्ष दुई टिमबीच फाइनल खेल मंसिर १९ गते हुनेछ ।लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । देव खनाल, अर्जुन साउद, आदिल आलमलगायत खेलाडी यसै प्रतियोगिताबाट चर्चामा आएका थिए । तीनै जनाले राष्ट्रिय टिममा समेत डेब्यू गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *