योजना आयोग खारेज गरौँ: उपेन्द्र यादव

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताउनुभएको छ ।

सत्ता गठबन्धनमै रहनुभएका अध्यक्ष यादवले प्रतिनिधिसभामा बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा यस्तो बताउनुभएको छ । 

‘ देशमा राष्ट्रिय योजना आयोग भन्ने छ। वास्तवमा त्यसको कामै छैन,’ छलफलमा उहाँले भन्नुभयो– राष्ट्रिय योजना आयोग राखेर, त्यसको तलब भत्तामा खर्च गर्नु आवश्यक छैन, त्यसलाई खारेज गरिदिए हुन्छ । बरु त्यसलाई प्रधानमन्त्रीको अर्थ सल्लाहकार बनाए हुन्छ ।’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *