राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएको छैन । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उहाँले भाइटीका नमनाउनु भएको हो । उहाँको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै हुनुहन्छ । यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले बताउनुभयो । राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका नलगाएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *