राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलनमा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलनमा उत्रेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् ।

आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले अनिवार्य रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उनी धर्नामा उत्रिएका हुन् । 

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष स्थापना गर्ने परिकल्पना गरिएको र कोषमा एक अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सरकारले कुनै काम कारबाही अघि नबढाएपछि उनी धर्ना दिन माइतीघर पुगेमा हुन् । 

महावीरसँगै धर्नामा बसेकाहरूले स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागितालगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *