लागुऔषध खैरो हेरोइनसहित आठजना प्रहरी नियन्त्रणमा

काठमाडौं। लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित तीन जना र २४७ ग्राम खैरो हेरोइनसहित पाँच जनागरि आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारि गराएको छ ।

पक्राउ पर्नेमा ललितपुर भैँसेपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । त्यस्तै, काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।

उनीहरुलाई लागुऔषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचीनगरबाट डिजिटल तराजुका साथै नगद १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरिएको खनालले बताए । ब्युरोले लागुऔषध २५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट दुई केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *