काठमाडौं । लिसङ्खुपाखरका पुराना कम्युनिष्ट नेता झुलराज खरेल र रामप्रसाद उप्रेती नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कम्युनिष्ट आन्दोलनमा आबद्ध भएका नेताद्वय सोमबार पार्टी प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खादा ओडाएर प्रवेश गराएका थिए । कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष नवराज पौडेल, सम्पर्क मन्चका नेता अनिता लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।