काठमाडौं । क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछानेलाई अफ्रिकामा पठाउने तयारी गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी गरिएको हो ।
सन्दीपका कानुन व्यवसायीले अदालतमा अन्तर्राष्ट्रिय खेल अवधिभरका लागि सुनुवाइ स्थगित गरेर सन्दीपलाई खेल्न पठाउने तयारी गरेका हुन् । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिलो भएको र त्यसलाई कुर्दा खेलमा नै असर पर्ने दक्षिण अफ्रिका र जिम्बाब्वेको खेलमा पठाउन लागिएको बताउनुभएको छ ।
घिमिरेले सन्दीप फर्केपछि सुनुवाइ गर्ने गरी सम्मानित अदालतलाई तारिखको व्यवस्था गर्न अनुरोध गर्दै निवेदन गर्ने तयारी गरिएको जानकारी दिनुभएको छ । उहाँले यतिन्जेलसम्म अदालतको मागबमोजिम पीडितले राहतकोषबाट क्षतिपूर्तिबारे पुनविचारको निर्णय समेत लिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । पीडिले सन्दीपसँग मागेको क्षतिपूर्ति जिल्ला अदालतले इन्कार गरेको छ । तर सर्वोच्चको आदेश अनुसार पीडितको क्षतिपूर्ति दाबीमा अदालतले आवश्यक कागजात माग गरेको छ ।