वैचारिक नेता भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं । नेकपा एमाले छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्दै हुनुहुन्छ । भुसाल एक दुईभित्र एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नु भएको स्रोतले जनाएको छ ।

मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । उहाँलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनु भएको थियो । एकीकृत समाजवादीमा प्रवेश गर्न उहाँले एउटा प्रस्ताव पनि बुझाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *