सत्तागठबन्धनले टुंग्यायो सिट बाँडफाँड

काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभा तथा प्रदेश सभा भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ ।

१६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिइने छ । यद्यपि लोसपाले १५ सिट मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *