सप्तकोशीको बाँध फुट्यो

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीले उदयपुरमा सप्तकोसी नदीको बाँध फुटेको छ।

बेलका नगरपालिका ८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो। 

यो सँगै बेलका नगरपालिका( १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका(६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको छ । 

अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै मानवीय क्षति भने नभएको घटनास्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । 

सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *